
नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग तपाईंको भेटलाई विभिन्न कोणबाट हेरियो नि ?
–त्यो भेट व्यक्तिगत थियो । उहाँलाई लागेको प्रतिबन्धको विरोधमा मैले पहिलेदेखि नै आवाज उठाउँदै आएकी थिएँ । उहाँका एजेन्डा मलाई राम्रो लागेको थियो । उहाँ सार्वजनिक भएपछि भेट्न बोलाउनुभयो, भेटेँ । त्यस्तो अन्य केही होइन ।

‘विप्लव’लाई कस्तो नेताको रूपमा पाउनुभयो ?
–जनताप्रति उहाँ एकदमै उत्तरदायी भएको नेताको रूपमा पाएकी छु । उहाँका एजेन्डा एकदमै राम्रा छन् । मैले त्यही सवालमा पनि भेट गरेकी हुँ । भेटमा सत्तामा आउन लाग्नुभएको छ, जुन जोगी आए पनि कानै चिरिएको भन्छन्, तपाईंका त्याग र तपस्या त्यतिकै सकिएला भनेर भनेर सोधेकी पनि थिएँ । उहाँले तपाईं निश्चिन्त हुनुहोस्, हामी जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने हो, हाम्रो एजेन्डा नै त्यही छ भन्नुभयो । जनताप्रति एउटा जिम्मेवार नेताका रूपमा उहाँलाई मैले पाएँ ।
आफ्नो पार्टीमा आउने अफर पनि दिनुभयो कि ?
–आफर दिने लिनेभन्दा पनि सामान्य भेट हो । त्यसैको रूपमा बुझिदिन अनुरोध गरेँ ।
नायिका रेखा थापासँग रातोपाटीले गरेको कुराकानीको सानो अंश ।







