
नेपाल कम्युनिस्ट पार्टी एमालेभित्र माधव नेपाल समुहका नेता योगेश भट्टराईले पार्टीको एकताका लागि सबैले आफ्नो स्थानबाट हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधिमा थोरै मात्र पनि लचकता अपनाएर पार्टीको एकता कायम गर्न सकिने उनले बताएका हुन् ।
उनले अवस्था बिग्रिएपछि झन् बढी क्षति हुने र मुलुकलाई दशकौंपछि धकेल्ने हुनाले वर्तमान क्रियाकलापमा संयमता अपनाउन आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । थोरै पनि लचकताबाट यो सम्भवछ । बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले केसम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ ।’








