
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई कारबाही गने संकेत गरेका छन्।
शुक्रबार संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेपाल र रावलले सोधेको स्पष्टीकरण प्राप्त भएको भन्दै उनीहरुको जवाफ चित्तबुझ्दो नभएको बताएका हुन्।
ती स्पष्टीकरण कारवाही योग्य भएको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले फागुन २८ मा भएको निर्णय फिर्ता नहुने पनि बताएका छन्।
शुक्रबारको संसदीय दलको बैठकमा माधव नेपाल र भीम रावल बाहेक झलनाथ खनाल तथा नेपाल पक्षका अधिकांश सांसद उपस्थित थिए।
नेता खनालले बैठकमा एकलौटी भएका निर्णय र्फिता लिनुपर्ने बताए। उनले भने,‘हामी सबै संरचनामा २०७५ जेठ २ मा जाऊ। यो बीचमा गरिएका सबै निर्णय अवैधानिक छन। पार्टी कमिटीको बिधान अनुसार अगाडि बढौँ।’







