म्यानमारमा शनिबार सेनाले प्रदर्शनकारीमाथि चलाएको गोली लागेर ९० जनाको मृत्यु भएको छ ।

एएपीपीले स्थानीय समयअनुसार शनिबार साँझसम्मको आँकडाअनुसार ९० प्रदर्शनकारीको मृत्यु भएको जनाएको बीबीसीले जनाएको छ । जसमा बालबालिकासमेत रहेका छन् ।

अमेरिका, बेलायत तथा युरोपियन युनियनका अधिकारीले म्यानमारमा शनिबार भएको प्रदर्शनमा सेनाले गोली चलाएको भन्दै आपत्ति जनाएका छन् ।

सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेनाविरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् । सेनाले आङ साङ सुचीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ ।

यसैबीच, जापानको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले म्यान्मारमा सेनाले गरेको ज्यादती निकै भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । एएनआई

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार