काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा कायम वायु प्रदूषणमा सुधार आएको छैन ।

आइतबार पनि काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सिमरा, हेटौँडासहितका क्षेत्रको वायु मानव स्वास्थ्यका लागि घातक अवस्थामा छ ।

विश्वका प्रदूषित शहरको सूचिमा हाल दोस्रो स्थानमा रहेको काठमाडौको वायुको गुणस्तर सुचांक (एक्यूआई) ३६८ छ । एक्यूआई ३९१ रहेको चीन विश्वका प्रदूषित शहरको सूचिमा शीर्ष स्थानमा छ आइक्यूएअरका अनुसार ।

यस्तै वातावरण विभाग अन्तर्गतको वायु प्रदूषण मापन केन्द्रका अनुसार पनि काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा वायुको गुणतस्तर निकै कम रहेको छ ।

विभागका अनुसार सिमराको एक्यूआई ३८५, भैँसेपाटीको ३१६ तथा भक्तपुरको २७१ रहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार अनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ ।

यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ।

वायु प्रदूषण कायमै रहेकाले सावधानी अपनाउन र अत्यावश्यक बाहेकका अवस्थामा घर बाहिर ननिस्कन वातावरण तथा स्वास्थ्यविदले आग्रह गरेका छन् ।

शुक्रबार दिउँसोदेखि अत्याधिक मात्रामा धुवाँसहितको वायुका कारण काठमाडौँ उपत्यका धुम्मिएको थियो । अहिले पनि सो क्रम जारी रहेको हो ।

मौसमविदहरुका अनुसार प्रि–मनसुनी गतिविधि सक्रिय हुन सक्दा अप्रिल महिनामा औषत भन्दा निकै कम पानी परेको छ, जसका कारण वायुमण्डलमा धुलोका कणहरु बसेका छन् ।

तत्कालै पानी पर्ने र वायु प्रदूषण कम गर्ने खालको मौसमी प्रणाली नदेखिएकाले सतर्कता अपनाउन मौसमविदले पनि आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार