
रङहरुको पर्व फागू पूर्णिमा आज नेपालका पहाडी जिल्लामा मनाइएको छ ।
होलीको अवसरमा आज सार्वजनिक बिदा भएकाले काठमाडौँको बसन्तपुरमा विशेष रौनक देखिएको छ । होली मनाउन बसन्तपुर पुगेका युवाले कोरोनाको त्रास भुलेर होली मनाएका छन् ।
सरकारले होलीमा स्वास्थ्य मापदण्ड पालन गरी पर्व मनाउन आग्रह गरेपनि बसन्तपुरमा भने कोरोनाको कहर बिर्सिएर होली मनाइएको छ ।
















