
कम्युनिस्टहरु श्रमलाई सम्मान गर्छन् भन्ने कुरालाई व्यवहारमा उतार्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव श्रममा जोडिएका छन् ।
महासचिव विप्लवसहितको टोली तराईस्थित एक गाउँको किसानको खेतमा गहुँ काट्न व्यस्त देखिन्छन् ।
प्रतिवन्धपछि सार्वजनिक भएका महासचिव विप्लवसहितको टोली जनताको बीचमा यसरी काममा जोडिएपछि धेरैले सकारात्मक रुपमा लिएका छन् ।
गहुँ काट्न थालेको तस्बिर महासचिव विप्लवका कार्यालय सदस्य नारायण चन्दले फेसबुकमा राखेका छन् ।








