
एम सी सी पासगरेर देश नबेच !
तिमी बेचियौ भने देश बेचिन्छ
तिमी गयौ त्यो बाटो भने
नेपाल रहदैन
ईराक बन्छ सिरिया बन्छ
युद्धकों बिभिषिकामा
नेपालीपन जल्छ
सार्व भौमिकता फस्छ
गास बास कपास
उपहास बन्छ दयाको भीख बन्छ।
छप्पन्न अरबको लोभमा
न डुब प्यासिफिक रहमा
यो इन्डो प्यासिफिक रणनीति
देशभक्तहरूको छ बिमति।
हुदैन नेपाल नेपाली नै नरहे
झुक्दैन हिमाल नेपाल भैरहे !
एम सीसी बनेर साम्राज्यवाद
आउँछ झुक्दै नझुक खबरदार !
यहीँ छ पैसा भ्रष्टाचारै नगरे
एनसेलको पैंसठ्ठी अरब भागबण्डा नगरे।
रोकिदैन भ्रष्टार पीडक नै सत्तामा रहे
बिकासको निहुँमा अमेरिकी चलखेल
नबगोस नेपालमा रगतको भेल
रहदैन नेपाल नेपाली नै नरहे
झुक्दैन हिमाल नेपाली रहिरहे।







