दानवले मानिस खान्छ
यात मानिसले दानव
असत्य पनि सत्य हुन्छ,
लोभ, भय र
अहंकारमा।
जति मानिस मर्छन् खेतमा
उती उती भोज हुन्छ
बंगालामा
जनता भोक भोकै
तर पाँच तारेमा ह्वीस्की
श्रमिक भोकै बस्दा
मालिकको कुकुरले
दुध भात फाल्दा
एउटा किशानको बच्चाले
¥याल चुहाउदै
कथा बुन्छ हामीलाई
खै ?

उसैको बाबुले पसिनाको भेलमा
उब्जाएको भात।
यही बालकले गोठालो गरेको
दुध
मालिको कुकुरले गिज्याउँदै
खान्छ दुध
यही सत्य हो वा झूट ?
बस्नेले खाने
गर्नेले ¥यालछोडने कि?
खोसेर खाने ?
खेत त उसैको बाबाको हो।
जाल झेलमा
जमिन्दारको बन्यो
सरकार जमिनदारकै बन्यो।
अदालत उसैको बन्यो।
सुरक्षा पनि उसैको
चुनाबमा
दलालले पैसा दिन्छ
अनि
पैसा बाँड्छ उम्मेदवार
किशानको उठीबास
जसलाई जितायो
उसैले बितायो।
सुकुमबासीको झूपडीमा
सरकारी आगो
भ्रष्टाचारीको महल
अब के हुन्छ नेपालमारु
केही नहुनेको के जान्छ।
गए एउटा ज्यान जान्छ
आए संसार आउँछ।
जाग जाग किशान मजदूर
देश भक्त जाग ,
युवा जाग, पत्रकार जाग
सीनो बच्दैन सुई लगाएर
संसदीय व्यवस्थाको विकल्प
वैंज्ञानिक समाजवाद।
योग्यता अनुसार काम
काम अनुसार माम।
अब हुन्छ वैंज्ञानिक समाजवाद
खुट्टा काट्नेलाई परास्तगर
दलालहरु सावधान !
छैन सामन्तको राज
छैन तानाशाहको ताज
अब हुन्छ जनताको राज।
पहाड ऊठ, हिमाल ऊठ
तराई ऊठ मधेश ऊठ
अब हुन्छ आजाद
जनताको समाजवाद।
२०७७।१२। १५

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार