माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारको निरन्तरताबारे सम्भवत आइतबार टुंगो लाग्ने भएको छ।

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समर्थन जारी राखेको तर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले समर्थन फिर्ता लिइसकेको शाही नेतृत्वको सरकारको भविष्यबारे निर्णय हुने सम्भावना प्रवल बनेको हो।

आइतबार एमाले संसदीय दलको बैठक बस्दैछ। ओली पक्षले यही चैत्र पाँच गतेबाट शाही नेतृत्वको सरकारको समर्थन फिर्ता लिएको थियो। तर नेपाल पक्षले आफ्नो समर्थन जारी रहेको प्रतिक्रिया दिएको थियो।

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मंगलबार मुख्यमन्त्री शाहीलाई सरकार अल्पमतमा परिसकेकाले तत्काल विश्वासकाे मत लिन ध्यानाकर्षण पत्र पठाएका थिए।

शाहीले भने आफ्नो सरकार बहुमतमै रहेको भन्दै अहिले विश्वासको मत लिन नपर्ने दाबी गर्दै आएका थिए। शनिबार बसेको माओवादी संसदीय दलको बैठकमा पनि उनले सोही धारणा राखेका थिए।

ओली पक्षका एक सांसदले नेपाल पक्षका सांसदले पनि आज सरकारको समर्थन फिर्ता लिने दाबी गरेका छन्। उनले भने,‘यो सरकारको अब कुनै पनि अर्थ छैन। आजको बैठकमा नेपाल पक्षका सांसदले अविश्वासको प्रस्तावको समर्थन गर्ने छन्।’

तर नेपाल पक्षका नेपाल पक्षका तीन मन्त्रीलाई पार्टीले सरकारबाट फिर्ता आउन निर्देशन दिए पनि उनीहरुले राजीनामा नदिएको अवस्था छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार