भारतमा सरकारी फौज र विद्रोही माओवादीबीचको भिडन्तमा पछिल्लो खबरअनुसार झण्डैं दुई दर्जन सरकारी जवानको निधन भएको छ ।

भारतको बस्तर डिभिजनअन्तर्गत बिजापुर जिल्लाको तारेम जङ्गलमा अप्रिल ३ शनिवारका दिन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारले थापेको एम्बुसमा सिआरपिएफसहितको संयुक्त टोलीका २२ जनाको मृत्यु भएको हो । सो धरापमा परेर ३२ जना बढी मरणासन्न र सयभन्दा बढी घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

माओवादीहरू जमघट भएको भन्ने सूचनाका आधारमा सर्च अप्रेसनमा गएको ४०० जनाको फोर्समाथि भएको एम्बुस आक्रमणमा मृत्यु हुनेको सङ्ख्या त्यो भन्दा बढी हुन सक्ने र घाइतेको सङ्ख्या पनि निकै ठूलो हुन सक्ने कुरा समाचार माध्यमहरूले जनाएका छन् ।

एम्बुसपछि माओवादीबाट भएको फायरिङका कारण पनि मर्नेहरूको निकै बढी हुन सक्ने अनुमान गरिएको छ ।

सो क्षेत्रमा थप फोर्स पठाइएको र पत्रकारलाई समेत जान नदिएकाले सही समाचार आउन अझै समय लाग्ने कुरा पनि पत्रिकाले जनाएका छन् ।दश दिनअघि सोही क्षेत्रमा माओवादी एम्बुसमा परेर ५ जना सरकारी फौजको मृत्यु भएको थियो ।

पछिल्लो समाचार अनुसार थप ३२ जनाको हालत खराब छ र सो क्षेत्रमा थप फौज र सैन्य हेलिकोप्टरहरू पठाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार