नेकपा एमालेका सांसद महेश बस्नेतले सोमबारको संसद बैठकमा कविताबाट प्रचण्डमाथि प्रहार गरेका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्षको नाम उल्लेख नगरेर कविताबाट प्रहार गरेका हुन् ।  उनले सुनाएको ‘कविता’ प्रचण्डमाथि लक्षित थियो भन्ने प्रष्टै बुझिन्थ्यो ।

एमाले सांसद बस्नेतले प्रचण्डमाथि टिप्पणी गर्दै सुनाएको गद्य कविता शैलीको वाक्यांश जस्ताको त्यस्तै–

चुनाव अगाडि गठबन्धन बनाएँ

चुनाव जितेपछि एकीकरण गराएँ

सरकार बनाउँदा आधा कार्यकाल मागेँ

कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडें

कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेँ

संसद विघटन गरेर परिवर्तनको घोषणा गरी निर्वाचनको घोषणा गरेर लोकतन्त्र संकटमा  पर्‍यो भनेर कराएँ

प्रतिगमन भयो भनेर चिच्याएँ

आन्दोलन गराएँ

मिसन मिडिया चलाएँ

वकिल नागरिक समाज उचालेँ।

अदालत गुहारेँ

निर्वाचन आयोग धाएँ

माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाएँ

सेटिङको हल्ला चलाएँ

संसदीय दलको नेता बनेँ,

अध्यक्ष घोषणा गरें

११ गतेको फैसलाले मख्ख परेँ,

लड्डु खाएँ, अवीर दलेँ

काँग्रेस र जसपाको अफिस धाएँ

नागरिक समाजको डबली धाएँ

२३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ

विश्वासको मत फिर्ता लिन्छु भन्छु, सक्दिनँ

अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु, सक्दिनँ

नयाँ गठबन्धन बनाउन खोज्छु, सक्दिनँ

प्रधानमन्त्री बन्नोस् भन्दा कसैले टेर्दैन

अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ

नैतिकताका आधारमा राजीनामा दिनैपर्छ

लडाकू प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने

प्रधानमन्त्रीको सिट खाली छ,

केपी ओलीका अगाडि मेरो केही लागेन

जसपा मानेन

काँग्रेस जागेन !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार