![]()
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम विक्रम चन्द विप्लवले नेपालका कम्युनिस्ट, देशभक्त र प्रगतिशील शक्तिहरुसँग एकताबद्ध भएर जनमतबाट राज्यसत्ताको फैसला हुनुपर्ने बताएका छन् ।
चैत्र २४ को जनआन्दोलन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महासचिव विप्लवले यो एजेण्डाका लागि नयाँ पुस्तासँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
जनआन्दोलन सफल भएको ३० वर्ष बितिसक्दा पनि नेपाली जनताको परिवर्तनको सपना पूरा नभएको भन्दै महासचिव विप्लवले अहिले झन् नेपाली जनता दलाल संसदीय पुँजीवादको थप दमनमा परेको बताए ।
महासचिव विप्लवले अहिलेको दलाल पुँजीवादलाई नफालिकन नेपाली जनताको मुक्ति संभव नहुने जिकिर गरे ।
आफ्नो पार्टीको नेतृत्वमा जारी एकीकृत जनक्रान्तिले मात्र नेपाली समाजको आमुल परिवर्तन हुने महासचिव विप्लवको दाबी छ ।








