
नेकपा मसालको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन बाट अध्यक्षमा चित्रबहादुर केसी पुनः निर्वाचित भएका छन् ।
बुटवलमा सम्पन्न सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसीसहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल निर्वाचित भएको जनाएको छ ।
त्यस्तै, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् । सम्मेलनबाट केन्द्रीय सदस्यहरूमा शंकर बराल, लालबहादुर थापा, कृष्णबहादुर खड्का, कमला जिसी, कल्याणी श्रेष्ठ, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्बर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, राजेन्द्र ढुङ्गाना चयन भएका छन् ।
यस्तै, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, ईन्दिरा ज्ञवाली, यमलाल पोखरेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, देवी शर्मा, लिलादेवी शर्मा, दिलबहादुर दर्जी, चन्द्रा परियार, भागिरथ भट्टराई, दिपक पाण्डे पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
केसी ०५२ सालदेखि राष्ट्रिय जनमोर्चाको अध्यक्षमा निरन्तर कायम रहेका छन् ।







