विप्लव नेतृत्वको नेकपाले ‘विप्लव गुमनाम’ भन्ने समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालयले एक प्रेस नोट जारी गर्दै महासचिव विप्लव गुमनाम भएको समाचार प्रकाशित गरेर अफवाह फैलाएको बताएको छ ।
नेकपा केन्द्रीय सचिवालय सदस्य असलले जारी गरेको प्रेस नोटमा भ्रमपूर्ण समाचारबाट टाढा रहन सबैमा अनुरोध गरिएको छ ।








