
नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत रहेको जनवर्गीय संगठन जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालको बैठक सम्पन्न भएको छ ।प्रतिबन्धपछि पहिलो केन्द्रीय समिति बैठक सम्पन्न भएको हो ।
लामो समय प्रतिबन्धका कारण बैठक, भेला वा सम्मेलन हुन सकेको थिएन । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमति भएसँगै प्रतिबन्ध फुकुवा भएपछि विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएको छन् ।
यसै अन्तर्गत जनगणतान्त्रिक सम्पर्क सम्पर्क मञ्चले पार्टीले निर्देश गरेबमोजिम अगाडि बढ्ने निर्णय गरेको छ । यो संगठनले आफ्नो संगठनलाई विस्तार गर्नुका साथैं विभिन्न जिल्लामा रहेका व्यक्तिहरुलाई संगठित गर्ने काम गर्दै आएको छ ।

पार्टी संगठनलाई सशक्त र जुझारु बनाउँदै आएको जनगणतान्त्रिक मोर्चाको हिजो शनिबार बसेको हो ।
सम्पर्क केन्द्रीय समितिको बैठकको अध्यक्षता संपर्क केन्द्रीय समितिको अध्यक्ष रत्न मगरले गरेका थिए भने प्रमुख अतिथि उपत्यका ब्युरो इन्चार्ज कमरेड मिलनको उपस्थिति रहेको थियो ।
संगठनको आगामी संरचना संगठन विस्तार संगठनको जिल्ला नेतृत्व लगायत केही संगठन गतिविधि विरोधी व्यक्तिहरुलाई अनुशासन कारबाही केहीको जिम्मेवारी थपघट गरि नयाँ केन्द्रीय समिति गठन गरी बैठक सम्पन्न भएको छ ।







