सीता दाहालको पछिल्लो फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राखेका छन् । प्रचण्ड पत्नी सीता हाल चितवनमा छिन् ।

आमाको स्वास्थ्य अवस्था सामान्य नै रहेको छोरी गंगा दाहालले बताएकी छिन् ।

उनले भनिन्, ‘आमाको स्वास्थ्य अवस्था सामान्य नै छ । फोटो हेरेपछि धेरै मान्छेहरु आत्तिएका छन्, त्यस्तो बिग्रिएको छैन । तौल केही घटेको छ ।’

दाहालमा विगत ४ वर्षदेखि पार्किन्सनको स्वास्थ्य समस्या रहेको छ ।  उनी दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पी.एस.पी) बाट पीडित रहेकी छिन् ।

चिकित्सकहरूका अनुसार यो समस्या मस्तिष्कमा असर परेपछि हुने गर्छ । जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ । यो समस्या ६० बर्ष उमेर माथिकालाई हुने चिकित्सकहरुको भनाइ छ ।

एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मंसिरमा हृदयघातबाट निधन भएपछि उनमा स्वास्थ्य समस्या बढ्दै गएको थियो । २०७५ साल चैतमा उनलाई उपचारका लागि अमेरिका लगिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार