असुन्दर भएर नै सुन्दर हुन्छ
असुन्दर खारिदै खारिदै
एक नम्बरी बन्छ ।
मान्छे पनि खारिन्छ
विचार खारिन्छ
चाहना आकाशिन्छ
आवश्यकताले क्षितिज ढाक्छ
चाहना ।
निरन्तर विकास
निरन्तर क्रान्ति
अनि बन्छ शान्ति ।
क्रान्ति बिना के गरेर
हुन्छ शान्ति ?
हुन्छ भने हुन्छ भ्रान्ति ।
क्रान्तिमा हुन्छ सौन्दर्य
दलाल पुँजीवाद कुरुप
विभ्रम र विग्रह
जनाधारबिनाको
कागजी बाघ हुन्छ ।
पुँजीवादको भार
जनताले थामेको हुन्छ ।
जनताले छोडे धराशाही बन्छ ।
वैज्ञानिक समाजवाद
उत्पीडितहरुको आस्थाको केन्द्र बन्छ ।
वैज्ञानिक समाजवादमा नै
जनगणतन्त्र हुन्छ ।
गरिबको राहत र
जनताको साथ रहन्छ ।
तर दलालको चिहान बन्छ
दलाल भूमण्डलीकृत हुन्छ
दलालका गीतहरु गाइन्छन् ।
पसिना फलाउनेहरुको
हात काटिन्छ ।
कलाकारहरुको कुची काटिन्छ ।
पत्रकारहरुको कलम भाचिन्छ ।
त्यसैले त क्रान्ति चाहिन्छ ।
गाँस, बाँस र कपास क्रान्तिमा पाइन्छ ।
दलालले आफू बच््न
भजन मण्डली बनाउँछ ।
केही झर्ला र खाउँला
भनेरै भजन गाइन्छ
भजने
भजन गाउदासम्म खान्छ ।
चुनावमा भजनेले खान्छ
कुबेरले पैसा बाड्छ
सीधा जनतालाई के पो हुन्छ र ?
एक छाक मासुभात ।
यसैले
जीवनभरि खानुपर्छ
लातै लात ।
अब नेता होइन
व्यवस्था रोज साथी
लम्क लम्क विजय शिखरमाथि ।
त्यस पछि रित्तै बन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार