
प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै पूर्वपश्चिम रेल सञ्चालन आउने जिकिर गरेका छन् ।
नयाँ वर्ष २०७८ साल सुभारम्भर भएको सन्दर्भमा देशबासीलाई सम्बोधन गर्दै गएको वर्ष निरर्थक नरहेको र विकासका दृष्टिले सफल वर्ष रहेको बताएका हुन् ।
उनले छिट्टै नै पूर्वपश्चिम रेल्बे यातायात सञ्चालनमा ल्याइने बताएका छन् । सम्बोधनमा उनले समसामयिक राजनीतिक घटनाक्रम, देशको परिस्थिती र सरकारी कामका उपलब्धिलाई समावेश गरेका थिए ।
उनले पानीजहाजको सपना पनि साकार भइरहेको जिकिर गरे । उनले कोसीमा स्टिमर चलिसकेको दृष्टान्त पनि पस्किए ।
उनले मेलम्ची खानेपानी धाराधारामा ल्याउने चानचुने कुरा नभएकाले यो जसले पनि जस लिने विषय नरहेको बताए ।
उनले वैशाख ११ गते भीमसेन स्तम्भ धरहरा उद्घाटन गरिने बताए । बालबालिका, वयोवृद्धहरूलाई लिफ्टबाट चढ्न मिल्नेगरी सञ्चालनमा ल्याउन लागिएको समेत बताए ।







