
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका छन् ।
शुक्रबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै शाहीले मत मागेका हुन् ।
उनले सरकार ५ वर्षका लागि बनेको भए पनि बीचमा नै विश्वासको मत लिनुपर्ने भएको बताए ।
अहिले प्रदेश सभा बैठकमा उनको प्रस्तावमाथि छलफल सुरु भएको छ ।







