
नेकपा एमालेका नेता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले माओवादी नहुँदा पनि देश चल्ने अभिव्यक्ति दिएका छन् ।
प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सो पार्टी सहभागी नभएको प्रसंगमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शुक्रबार प्रधानमन्त्रीले फोन गरेको कुरा बाहिर आउने तर खबर नै गरिएन भन्नु अमिल्दो भएको पनि उनले बताए ।
आजको सर्वदलीय बैठक माओवादीले बहिस्कार गरेको थियो ।







