नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रधानमन्त्री केपी ओली बीच महत्वपूर्ण भेटघाट भएको छ ।

बालुवाटारमा भएको भेटवार्तामा जेलमा रहेका बाँकी नेकपा नेता रिहाईको प्रक्रिया बारे छलफल भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले नेकपाका जेलमा रहेका सबै नेताहरु अब तत्कालै रिहा हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र विप्लवबीच पहिले भएका सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताए ।

विप्लव नेकपाका १२३ जना नेता, कार्यकर्ता अझै कारागारमा छन् । अनुसन्धानका लागि हिरासतमा राखिएकाहरु भने छुटेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार