जसपाभित्र यादव र भट्टराई ओलीविरुद्ध समिकरण बनाउँदा काँग्रेस र माओवादी केन्द्रसँग मिलेर जानुपर्ने पक्षमा छन् । त्यसको अभ्यास लुम्बिनी प्रदेशमा हुँदै थियो । जुन बन्न नपाई तुहियो । अध्यक्ष महन्थ ठाकुर पक्षले भने आफ्नो प्रभाव लुम्बिनीमा देखाइछाड्यो । यसबाट केन्द्रमा पनि बलियो रहेको सन्देश गयो ।
ठाकुर ओलीसँग मिलेर जाने पक्षमा छन् । तर, उपेन्द्र र बाबुराम कुनै हालतमा ओलीको सत्ता ढाल्नुपर्ने भन्दै मरिमेटेर लागेका छन् । यसरी जसपामा दुई धार दुई तिर स्पष्ट रुपमा देखिएको छ । यसले जसपालाई फुटको संघारमा पुर्याएको छ ।
जसपा नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराईले लुम्बिनीमा प्रदेश सभा सांसदहरुलाई यु टर्न गराइएको विषयलाई गम्भीरताका साथ लिएको बुझिएको छ । यसले जसपाभित्र दुई धारको टकराव बढ्ने देखिएको छ ।
सत्ता समिकरणमा पनि जसपाको लुम्बिनी प्रदेशमा यु टर्नले फरक अवस्था सृजना गर्ने निश्चित छ । अब काँग्रेस र माओवादी केन्द्रको सांसद संख्याको भरमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर पारित हुँदैन ।
जसपाभित्र ओलीको पक्ष या विपक्ष भन्ने विषयले चर्को विवादको संकेत देखिइसकेको छ । यसले जसपालाई फुटको संघारमा पुर्याएको छ ।








