बूढा गोरुको भरमा जोत्न सकिन्छ ?
बूढालाई सम्मान गर
मेलामा लगेर नजोत
फेरि पनि
विचार त बूढो हुदैन
तर पनि
सँस्कारमा बूढो,
सोँचमा बूढो।
अग्रमनमा
तनमा मनमा
बूढो शमीले थकाइ
मेटायो कति ?
भरियाले थकाइ मेटे कति ?
कतिको हाँसो सुन्यो
बूढो रुख ।
रोदन क्रन्दन सुन्यो कति
मान मर्दन सुन्यो ।
भक्तिभाव सुन्यो ।
सम्मान सुन्यो
कविका कविता सुन्यो
एउटा महाकाब्य बन्यो
बूढो पात झरेको रुख ।
आज हाँगामात्र छन्,
अक्सिजन बिनाको रुख
गाला चाउरिएका
बटारिएका
हात खुट्टा
दम खोकीको घर
अझै तमाशा देख्ने रहर ।
माक्र्सवाद लेनिनबाद
रटायो
माओवाद पढायो
कर्म काण्डको माक्र्सवाद
प्रयोगमा हरायो ।
दुनिया कहाँ पुग्यो
अन्ततः
आफू कता हरायो ।
खर्च सकियो
बाटो रोकियो
हाक्न त हाँक्छ
लण्डन टोकियो
तर बाटो रोकियो
भरेको मानो
कति दिन पुग्छ?
आउने जाने होस्
लाखौं दिन पुग्छ ।
मनको ढोका त बन्दछ
तर स्वार्थको ढोका
खुल्ला छ
तर सँस्कारको जरा
गाडिएको छ ।
उम्किन सक्दैन ऊ
जति मर्ने बेला भयो
उती उती लोभ र लालसा ?
डर र त्रास
दिन काट्दै
दिन गन्तिमा बस्छ ऊ
बूढो भए नि
मन त बूढो हुदोरहेनछ।
अझै वयष्क अझै तन्नेरी ?
कुर्सी पाएपछि
ज्यान गए नछाड्ने
कुर्सी छोड्न पीडा हुँदोरहछ ।
बूढो रुखले
आँधी पर्खनुपर्दो रहेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार