नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपा स्थापना दिवसको अवसरमा नेपालका सम्पूर्ण वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्ति हरुसंग मिलेर जाने बताएका छन् ।

महासचिव विप्लवले वैज्ञानिक समाजवादका लागि क्रान्तिकारी शक्तिहरुसंग मिलेर जाने बताएका हुन् ।

आफ्नो पार्टी स्थापनाको औचित्यबारे महासचिव विप्लवले अहिलेको दलाल संसदीय व्यवस्था पूर्णतः असफल भएको र वैज्ञानिक समाजवादको सार्थकता पुनः स्थापित भएको जिकिर गरे ।

नेकपा संस्थापक पुष्पलाल श्रेष्ठको पार्टी स्थापनाको लक्ष्य आफ्नो पार्टीले जसरी पनि पूरा गर्ने महासचिव विप्लवको दाबी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार