नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहलाई बाहिर राखेर स्थायी कमिटी गठन गरेका छन् ।

आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी गठन गरेको हो ।

स्थायी कमिटीमा रामबहादुर थापा ‘बादल’लाई महासचिव ईश्वर पोखरेलपछिको वरीयतामा राखिएको छ ।

स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट रहेका छन् । त्यसैगरी टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, किरण गुरुङ, केशव बडाल,मणी थापा रहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार