
गाइरहेछु
श्रम जीवन
तिनकै रगत पसिना
उनीहरूकै गाथाहरू ।
होगाइरहेछु
दुखहरू
उनीहरूका बरबादीहरू
पीडाहरूमा आहत
सजल आँखाहरू
उनीहरूकै जीवन गीतहरू ।
कहाँ यति मात्र
म त गाइरहेछु,
हजार उत्पीडनहरूका,
दुःखहरूका केन्द्रमा पनि
उम्लिरहेको उनीहरूको रगत ।
माटोमा,
सदियौं देखि दबाइएको
अनेकानेक आशाहरूका
उनीहरूकै ईन्द्रेणी सपनाहरू ।
म गाइरहेछु
उनीहरूकै श्रमगीत
उनीहरूकै युद्ध गाथा
र, उनीहरूकै जीवन गीत ।







