
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।
पाँच दिनसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले चार महिने योजना सम्पन्न गर्ने योजना सहित सम्पन्न भएको छ ।
‘क्रान्तिकारी एकता र ध्रुवीकरणमा जोड दिऔ, सुमुधुर जनसम्बन्धसहित सुदृढ पार्टी निर्माण गरौ ।’ भन्ने मूल एजेण्डाका सम्पन्न बैठकले क्रान्तिकारी एकता र ध्रुवीकरणमा जोड दिएको छ ।
बैठकले चार कम्युनिस्ट पार्टी बीचको रणनीतिक संयुक्त मोर्चालाई थप बलियो बनाएर जाने भएको छ ।
महासचिव विप्लवले बैठकमा पेश गरेको राजनीतिक दस्तावेजमा वर्तमान राजनीतिक निकासका लागि जनमत संग्रहको बाटो हुने दाबी गरेको छ ।
देशको निकासका लागि सबै राजनीतिक दलहरुसंग संवाद गरेर जाने पार्टीले बताएको छ ।







