काठमाडौँ उपत्यकामा बिहीबार (भोलि)देखि निषेधाज्ञा जारी भएसँगै हजारौँ मानिसहरुले काठमाडौँ छोडेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मको अवधिमा ४५ हजार ७५ जनाले उपत्यका छाडेका छन्।

कलंकी हुँदै बाहिरिनेको भीड बुधबार साँझसम्म पनि उस्तै थियो। उपत्यका छाड्ने संख्या बढेसँगै सडकमा सवारीसाधनको चाप बढेपछि बुधबार दिनभर जामका कारण काठमाडौँका सडक अस्तव्यस्त बनेका थिए।

कोरोनाको संक्रमण हरेको दिन बढिरहेका बेला जोखिम मोलेर भीडभाडमा यात्रा गरेकाहरुलाई जोखिम झनै बढेको छ। मानिसहरु स–सना बालबालिकासहित पर्याप्त जनस्वास्थ्यका मापदण्ड बिना नै यात्रा गरिरहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार