स्थानीय प्रशासनले सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाएपनि राजधानीका सडकमा कार्यालय समयमा बाक्लै संख्यामा सवारी साधन देखिएका छन् ।

नीजि सवारी चल्नुले सरकारको निषेधाज्ञालाई सर्वसाधारणले पहिलो दिनमैं अवज्ञा गरेको देखिएको छ ।

प्रशासनले एम्बुलेन्स, प्रहरी, सरकारी पासबाहक गाडीसहितका अत्यावश्यक सवारीसाधन निर्वाध रुपमा सञ्चालन दिएको छ । यस्तै बैंक तथा वित्तीय संस्था र सहकारी, प्रेस लगायतलाई पनि परिचयपत्र देखाएर आवतजावत गर्न दिएको छ ।

कतिपय कार्यालय स्वास्थ्य सावधानी अपनाएर खोलिएका अफिस समयमा सडकमा चहलपहल बढेको छ । तर प्रहरीले पास बिना चलाइएका सवारीलाई नियन्त्रणमा लिएर होल्ड गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा बिहीबारदेखि वैशाख २२ सम्मको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार