जसपा सरकारमा सहभागी भएमा उपेन्द्र यादव या राजेन्द्र महतोको नेतृत्वमा जाने सम्भावना छ । तर, यादव ओलीलाई साथ दिने पक्षमा छैनन् ।
जसपाबाट महतोलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको प्रस्ताव पुगिसकेको छ । मन्त्री बन्ने सम्भावितमा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय, शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, मोहम्मद इस्तियाक राइ, उमाशंकर अगरिया, प्रदीप यादव, रेणु यादवलगायत छन् । रेणु यादवलाई उपसभामुख बनाउने सहमति पनि बनाउन खोजिएको छ ।
प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा ल्याउन प्याकेजमै सम्झौता गर्ने गृहकार्य बढाएका छन् । उनले अध्यक्ष महन्थ ठाकुरसँग पटक पटक भेटवार्ता गरिसकेका छन् ।








