
नेपाल कम्युनिस्ट पार्टीले कोरोना नियन्त्रण गर्नका लागि आफ्ना नेता-कार्यकर्तालाई जनताको सेवामा समर्पित हुन निर्देशन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक प्रेस विज्ञप्ति जारी गरी सरकारले कोरोना महामारी नियन्त्रण गर्न लिएको कदम पर्याप्त नभएको भन्दै आफ्ना नेता कार्यकर्तालाई स्वयम्सेवकको रुपमा खट्न निर्देशन दिएका हुन् ।
महासचिव विप्लवले सरकारले माथिल्लो स्तरबाटै कोरोना महामारी नियन्त्रण गर्न स्वयमसेवक परिचालन गर्नुपर्ने बताएका छन् ।








