विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पोलिटव्युरो सदस्य बीरजंग लामो समय जेल जीवन बिताएर रिहा भएका छन् ।

शुक्रबार नेता बीरजंग नवलपरासीबाट रिहा भएका हुन् । उनी नेकपाका महासचिव विप्लवका दाई समेत हुन् ।

यसैगरी नेकपाकैं अर्का केन्द्रीय सदस्य माइला लामा रिहा भएका छन् ।

विप्लव नेतृत्वको नेकपाको उच्च स्रोतले दिएको जानकारीअनुसार अब नेकपाका जेलमा रहेका सबैं नेताहरु विस्तारैं छुट्नेछन् ।

सरकारले प्रतिवन्ध फिर्तागरेपछि नेकपाका धेरैं नेता कार्यकर्ताहरु रिहा हुने क्रममा छन् । अझैं नेता कार्यकर्ता रिहा हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार