नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले मे दिवसको अवसरमा आम मजदुरहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

महासचिव विप्लवले एक प्रेस विज्ञेप्ती जारी गर्दै संसारबाट पुँजीवादी शोषणमा परेका सबैंखाले मजदुरहरुको मुक्ति वैज्ञानिक समाजवाद मात्र हुने जिकिर गरेका छन् ।

नेपालको सन्दर्भमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था संकटमा परेको भन्दैं महासचिव विप्लवले नेपालमा झन् वैज्ञानिक समाजवादको आवश्यकता झन् बढेर गएको बताए ।

अहिले राजनीतिक रुपमा आफ्नो पार्टीले प्रगतिशील संयुक्त सरकारदेखि जनमतसंग्रहको चुनावको कुरा गरेको भन्दैं महासचिव विप्लवले जनमत संग्रहलाई आन्दोलनको रुपमा बुझ्न सबैंमा अपिल समेत गरेका छन् ।

विज्ञेप्तीको पूरा पाठ

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार