
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले मजदुर दिवसको अवसरमा शुभकामना गर्दै संसारभरका मजदुरहरुलाई आफ्नो मुक्तिका लागि समाजवादी क्रान्तिमा आबद्ध हुन अपिल गरेको छ ।
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालका अध्यक्ष हस्तबहादुर केसीले मजदुरहरुको आन्दोलनप्रति आफ्नो संगठनको सधैं ऐक्यबद्धता रहेको बताएको छ ।
विज्ञेप्तीको पूरा पाठ
प्रेस विज्ञप्ति –
……………
आज मई १ , २०२१ । १ मई संसारभरका सम्पूर्ण मजदुर श्रमजीवी वर्ग अर्थात् अन्तर्राष्ट्रिय सर्वहारावर्गको एक ऐतिहासिक दिन हो । यस दिनलाई संसारभरका सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गले एक ऐतिहासिक पर्वको रुपमा मनाउँदै आएका छन् । तसर्थ आज संसारभर सम्पूर्ण सर्वहारा श्रमजीवीहरुले १३२ आौ मई दिवस धुमधामका साथ मनाउन गइरहेका छन् ।
विश्वभरका सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गले सञ्चालन गर्दै आएको यस ऐतिहासिक आन्दोलनप्रति विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ऐक्यबद्धता जाहेर गर्न चाहन्छ ।
हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आजको युग साम्राज्यवाद र सर्वहारावर्गबीच भीषण वर्गसंघर्षको युग हो । यस युगमा विश्व सर्वहारा क्रान्ति अर्थात् विश्व वैज्ञानिक समाजवादी क्रान्तिले मात्र विश्व मजदुर वर्ग अर्थात अन्तर्राष्ट्रिय सर्वहारावर्गले आफ्नो वर्गीय मुक्ति प्राप्त गर्ने भएकोले विश्व वैज्ञानिक समाजवादी क्रान्तिमा लामबध्द हुनुको विकल्प छैन भन्ने वैज्ञानिक तथा माक्र्सवादी सच्चयाईप्रति हाम्रो संगठन प्रतिबध्द भएको जानकारी गराउन चाहन्छौं । धन्यवाद ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : १ मई २०२१
(हस्तबहादुर केसी)
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यलय काठमाडौं , नेपाल







