कृष्ण धमलाको नाममा गठन गरिएको समाजवादी मंच नामक फोरमलाई विप्लव नेकपाले दलाल पुँजीवादी शक्तिलाई फाइदा पुर्याउने बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सचिव असलद्धारा जारी विज्ञेप्तीमा धमलाको उक्त कदमलाई अनुपयुक्तको संज्ञा दिइएकाृ छ ।

विज्ञेप्तीमा क्रान्तिकारी धु्रवीकरणको बलियो अभियानमा सहभागी हुन सबैलाई अनुरोध समेत गरिएको छ ।

स्मरणरहोस् कृष्ण धमलाको नाममा हिजो मात्र समाजवादी मंच गठन गरिएको थियो । उक्त मंचलाई हवाला दिदैं विभिन्न मिडियाले विप्लव नेकपमा फुट भन्दैं समाचार लेखेको थियो ।

यसैबीच विप्लव नेकपाले महासचिव नेत्र विक्रम चन्द विप्लवको नाममा खोलिएको
फेसबुक आइडी नक्कली भएको बताएको छ ।

पार्टी स्रोतले दिएको जानकारीअनुसार महासचिव विप्लवले आफ्नो नाममा कुनैं पनि आइडी नरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार