तपाईँको पार्टीले सरकारलाई दिएको दिएको विश्वासको मत फिर्ता पनि लिएको छैन ? प्रधानमन्त्रीलाई अब विश्वासको मत दिनसक्नु हुन्छ कि हुदैन ?

हामीले त पुष ५ गतेदेखी नै यो सरकारको विरोध गर्न थालेको हो । त्यही बेलादेखि नै नीतिगत रुपले भनिराखेको विषय हो । प्रक्रियागत हिसाबले विधिको हिसावले हामीले अहिलेसम्म यो विषयमा सरकारलाई हाम्रो विश्वास वा समर्थन छैन भनेर पत्र किन दिएको होईनौँ भने यो पत्र दिनेबित्तिकै प्रधानमन्त्रीज्युले ७६ को ३ अनुसार लैजाने र ७६ को २ लाई समाप्त गर्ने खालको वेमा रहिरहेको अवस्था हो । अहिले जुन डङ्खले उहाँले विश्वासको मत लिन चाहानु भयो विश्वासको मत उहाँले जुनवेला पनि लिन सक्नुहुन्छ ।

त्यसोभए तपाईँहरु प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहुन्न ?

हामीहरुले पुष ५ गतेदेखि नै विरोध गरिरहेको छौँ भने त विश्वासको मत दिने प्रश्ननै रहेन ।

तपाईँहरुले अहिलेसम्म विश्वासको मत फिर्ता गर्नुभएको छैन ? प्रधानमन्त्री अहिले तपाईँकै कारणले बहुमतमा हुनुहुन्छ ?

उहाँ प्रधानमन्त्री यो प्रक्रियाबाट गईसके पछि हाम्र आशा गर्ने कुरा हँुदैहुदैन । हामीले उहिलेबाट नै विरोध गरिरहेका छौँ । विधिको प्रश्न सबै कुरा होईन, विधिको प्रश्न के मात्रै हो भन हामीले फिर्ता गर्नेबित्तिकै उहाँले ७६ को २ लाई समाप्त गर्न खोजिरहनुभएको छ । हामी ७६ को २ क्रियासिल गराउन चाहन्छौँ । यही कुरा क्लियर नभएको कारणले गर्दाखेरी हामीले अहिलेसम्म समर्थन फिर्ताको कुरा अगाडि नबढाएको हो । त्यसकारणले यो परिस्थितिमा उहाँले विश्वासको मत लिने भनेर भन्नुभएको छ । उहाँले विश्वासको मत त लिनुहोला तर हाम्रो समर्थन रहने कुरा हुँदैन् ।

त्यसोभए तपाईले प्रभधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नसक्नुहुन्न ?

नीतिगत रुपले पुष ५ गतेबाट नै विरोधमा गइरहेका छौँ भनेपछि कसरी समर्थन सम्भव हुन्छ र ? त्यसो भएको हुनाले पोलिटिक्सलाई पनि हेर्नुपर्यो नि ? पोलिटिक्सले रिमाईण्ड गर्ने कदम भएको हुनाले पोलिटिकल्ली रुपमा आफुले गरेको गैर–संवैधानिक कदमलाई अहिलेसम्म पनि रिमाइन गर्नुभएको छैन । अझैपनि आत्मसात गर्नुभएको छैन । त्यसकारणले जबसम्म पुष ५ गते गरेको कदम गलत भयो भनेर आत्मशुद्धिकरण गरेर अगाडि बढ्नुहुन्न तबसम्म हाम्रो समर्थन रहँदैन ।

तपाईँहरुले प्रधानमन्त्रीको विरुद्धमा अविस्वासको प्रस्ताव दर्ता गर्ने सम्भावना कति छ ? बहुमत पर्याउन सक्नुहुन्छ ?

अविश्वासको प्रस्ताव राख्ने अधिकार पनि संविधानले दिएको छ । कुनै पनि समयमा बाटो खुलुन्जेल रहिरहन्छ ।

उसो भए बैशाख २७ गते अगाडि नै प्रधानमन्त्रीविरुद्ध अविश्वासकने प्रस्ताव दर्ता गराउनुहुन्छ ?

अविश्वासको प्रस्ताव दर्ता गराउने विषयमा त दलहरुले कहिले के निर्णय गर्छन त्यसमा निर्भर रहने कुरा भयो । तर सवैलाई अधिकारको विषयमा ओपन चाहीँ छ । संविधानले नै यो अधिकार प्रधान गरेको छ ।

त्यसोभए प्रधानमन्त्री ओली निर्वाचनमा जान चाहनुहुन्छ ? निर्वाचनमा जानको लागि ढोका खोल्ने यो उहाँको तयारी हो त ?

निर्वाचन त देखावटीमात्रै हो । पहिलो कुरा त निर्वाचन संविधानसम्मत हुँदैन् । निर्वाचन अपवादको रुपमा हुने हो मैले त्यही भनें नि ।

माओवादी केन्द्रका नेता देव गुरुङसँग ऋषि धमलाले गरेको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार