
तत्कालीन मातृका नेतृत्व नेकपा माओवादीका नेता श्रृचन यादव सुजन लामो समय जेल जीवन बिताएर रिहा भएका छन् ।
मंगलबार मात्र रिहा भएका यादवलाई स्थानीयहरुले भव्य स्वागत गरेका छन् । काठमाडौंस्थित नख्खु जेलबाट झण्डैं ७ वर्ष अनाहकमा जेल जीवन बिताएर रिहा भएका हुन् ।
उनलाई राज्यले षडयन्त्र गरेर जेलमा राखेको थियो । जेलबाट रिहा हुनुपूर्व मंगलबार विहान जेलमैं उनलाई जेलका बन्दीहरुले भव्य रुपमा विदाई गरेको थियो ।
विदाई समारोहमा विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शन, जेलमा उच्च अधिकार र सुरक्षाकर्मीका उच्च ओहदाका प्रमुखहरु पनि सहभागी भएका थिए ।


को हुन् श्रृचन यादव (सुजन), कसरी परे जेल ?

सृचन यादव (सर्लाही) तत्कालीन मातृका यादवले नेतृत्व गरेको नेकपाका माओवादीका नेता थिए । मातृका यादवले जतिबेला प्रचण्ड बाबुरामको दक्षिणपन्थी लाइनका विरुद्ध विद्रोह गर्दा सृचन यादव मातृकापछिका दोस्रो तहका नेता थिए ।
मातृका यादवको नेतृत्वमा तत्कालीन नेकपा माओवादीले भ्रष्टचारीहरुका विरुद्ध देशव्यापी रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । भ्रष्टचारीहरुलाई कालोमोसो दल्नेदेखि विभिन्न आन्दोलनका कार्यक्रमहरु सचालन गर्दा उनैं सृचन यादवको नेतृत्वमा हुने गर्दथ्यो ।
तिनैं सृचनको नेतृत्वमा ०६७ साल असार २१ गते ुख्यात भ्रष्टचारीका रुपमा चित्रित तत्कालीन वन विभागका अधिकृतलाई कालोमोसो दलिएको थियो । तत्कालीन वन विभागका महानिर्देशक माधव प्रसाद आर्चायलाई बबरमलस्थित उनकैं कार्यालयमा पुगेर मोसो दलिएको थियो ।
भ्रष्टचारीमा कुख्यात नाम कमाएका वन विभागका महानिर्देशक आर्चायलाई तत्कालीन नेकपा माओवादीले कालोमोसो दलेपछि उनैं महानिर्देशक आचार्यलाई वन मन्त्रालयले विभागबाट सरुवा गरेको थियो र पछि तिनैं आचार्यले नैतिकताको आधारमा पदबाट राजिनामा दिएर घर फर्केका थिए ।

वन विभागका भ्रष्ट अधिकृतजस्ता कयौं भ्रष्टचारीहरुलाई कार्वाही गरेर आफ्नो राजनीतिक आन्दोलन चर्काएको तत्कालीन नेकपा माओवादीका नेता सृचन यादवलाई ०७० सालमा राज्यले षडयन्त्रात्मक ढंगबाट अपहरण तथा संगठित अपराध मुद्धामा पक्राउ गरेर अहिलेसम्म पनि जेलमा सडाइरहेको छ । राजनीतिक आन्दोलनको अगुवाई गरेर मधेश र काठमाडौं उपत्यकामा समेत लोकप्रिय नेताको परिचय बनाएका सृजनलाई झुठ्ठा आरोपमा जेलमा थुनेको उनका सहकर्मी र आफन्तजनले बताउने गरेका छन् ।
राजधानीस्थित नख्खु कारागारमा रहेका सृजनले आफु ७ वर्षदेखि बिनाअपराध जेलमा सडाइरहेको भन्दैं ठूलो दुख भोगेको उनका परिवारजनले जनपाटी अनलाइनलाई बताए ।
यो ७ वर्षमा उनी आबद्ध पार्टी खासगरी मातृका यादवले नेतृत्वको गरेको नेकपा माओवादीले प्रचण्डसँग एकता गरेर सो पार्टीका नेता मातृका मन्त्री समेत भइसक्दा सोही पार्टीका नेता सृचन यादव भने जेल जीवन बिताउन बाध्य छन् ।

मातृका यादव मन्त्री बनेपछि उनले जेलमा रहेका आफुलाई छुटाउन कुनैं पहल नगरेकोमा सृचन यादवले दुखेसो व्यक्त गर्ने गरेका छन् ।
भन्ने गरिन्छ अहिलेको व्यवस्थामा देश लुट्ने र देशका मूर्ती चोरहरु सरकार र संसदलागयत विभिन्न सरकारी अड्डामा विराजमान हुन्छन् तर बिनाअपराध मुद्धामा कयौं निर्दोषहरु जेलमा थुनिएका छन् । देश बेच्नेहरु शासन चलाउन्छन् र चप्पल चोरहरु जेल बस्छन् ।
बिनाअपराध जेलमा लामो जेलजीवन बिताएर भर्खरैं मात्र थुनामुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिना हुन् या सिन्धुपाल्चोकका भूपाल दमाई, यी दुई पात्रले ४० र १४ वर्ष लामो समय भारतमा जेल जीवन बिताए । यिनीहरु त प्रतिनिधि मात्र हुन् । यस्ता सयौं निर्दोषहरु अहिलेको प्रतिक्रियावादी सत्ताकाले जेलमा थुनिन बाध्य छन् ।

१९ वर्षको कलिलो उमेरमा घरको आर्थिक अवस्था दर्दनाक भएपछि कमाउन भनेर भारतको दार्जलिङ हान्निएका इलामका दुर्गा प्रसाद तिम्सिना भारतमा ४० वर्ष लामो जेल जीवन बिताएर हालैं मात्र थुनामुक्त भए । उनलाई बिनाअभियोजन ४० वर्ष जेलमा लट्काएर राखियो । उनलाई बिनाअपराध जेलमा सडाइएको क्षतिपूर्ती कसले तिर्ने ?
लेखक यादव देवकोटाकाअनुसार भूपालमान दमाई ०५६ सालको इन्डियन एयरलाइन्स अपहरणकाण्डमा परेर १२ वर्ष जेल बिताएर रिहा भएका थिए । भूपालले त्यसअघि सपनामा पनि नचिताएको इन्डियन एयरलाइन्स अपहरण, भारतीय बैंक डकैतीलगायत नक्कली आरोपमा गिरफ्तार गरिएर साढे १४ वर्ष अनाहकमा भारतीय जेलमा बन्दी बिताए । त्यो अनाहकमा जेल जीवन बिताएका भूमालमानले कहिले क्षतिपूर्ती पाउने ?
यसरी निर्दोषहरु नेपाललगायत विश्वभरि प्रतिक्रियावादी जेलमा अनाहकमा सडाइन्छन् । सृचन यादव पनि तिनैं निर्दोष राजबन्दीभित्र पर्दछन् । उनैं सृजन नेपालको राजनीतिक माहोल फेर्न भनेर दश वर्ष लामो जनयुद्धमा सहभागी भए । प्रचण्डले धोका दिए भनेर मातृका यादवसँगैं विद्रोह गरेर अर्को मैदानमा होमिएका उनी अर्को धरापमा परे ।
त्यो धराप भनेको उनलाई अपहरण काण्डमा राज्यले पक्राउ गरेर जेलमा अनाहकमा थुनिरहेको छ । त्यसभित्रको ठूलो कारण भनेको सृजन यादवले यो पूरानो राज्यव्यवस्थाभित्र भइरहेको व्यथिति र भ्रष्टचारका विरुद्ध छेडेको संघर्ष हो । त्यही संघर्षबाट अत्तालिएका शासकहरुले षडयन्त्रात्मक ढंगबाट सृचन यादवलाई पक्राउ गरेर जेलमा सडाइरहेका छन् ।
७ वर्ष लामो अनाहकमा जेल जीवन बिताइरहेका सृचन यादवलाई राज्यले यथासिघ्र रिहा गर्नुपर्छ । उनले बित्थैमा जेल जीवन बिताएको समयको मूल्यलाई राज्यले उचित हिसाबकिताबसहित चुक्ता गर्नुपर्छ ।







