माक्र्सवादका प्रतिपादक कार्ल माक्र्सको १०४ जन्म जयन्तीको अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले माक्र्स र उनको विचारलाई सधैं अनुशरण गर्नुपर्ने बताएको छ ।

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा जारी विज्ञेप्तीमा आजको सन्दर्भमा माक्र्सवादको चौचित्य झन् बढेर गएको बताएका छन् ।

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले माक्र्सवाद विश्व सर्वहारावर्ग र उत्पीडित मानव जातिको मुक्तिको अपराजेय सैध्दान्तिक हतियार रहिरहेको समेत बताएका छन् ।

विज्ञेप्तीको पूरा पाठ –

प्रेस विज्ञप्ति

५ मे विश्व कम्युनिस्ट आन्दोलन र साम्यवादी आन्दोलनको एक ऐतिहासिक र अविस्मरणीय दिन हो । किनकि आजकै दिन अर्थात् सन १८१८ मे ५ का दिन राइन समाचार पत्रको सम्पादक समेत भइसक्नु भएका माक्र्सवादका प्रवर्तक एवम् साम्यवादका सिध्दान्तकार कार्ल माक्र्सको जर्मनीको प्रशाको राइन प्रदेशभित्र पर्ने ट्रियर नगरमा जन्मनु भएको थियोे । र , सन १८८३ मार्च १४ का दि लण्डनमा देहावसान भएको थियोे

आज माक्र्स जन्मेको २०३ वर्ष पूरा भइसकेको छ र विश्वभर माक्र्सको २०४ आौ जन्म जयन्ती मनाउने काम भइरहेको छ ।

कार्ल माक्र्स विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायका महान् नेता हुनुहुन्थ्यो । जर्मन निवासी फ्रेडरिक एंगेल्स ९ सन १८२० ( १८९५ ० को सहयोगमा सन १७४८ फ्रेब्रुअरी २१ का दिन घोषणा गरिएको विश्वविख्यात ू कम्युनिस्ट घोषणापत्र ू मार्फत माक्र्सले माक्र्सवादको निर्माण गर्नु भयो ।

माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो र यसको सिध्दान्त भौतिकवाद हो भने द्वन्द्ववाद यसको पध्दति हो । र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारावर्गको विश्वदृष्टिकोण हो ।

वास्तवमा बाह्य रुपमा विभिन्न प्रतिक्रियावादी , पुँजीवादी र साम्राज्यवादीहरुले माक्र्सवादमाथि भीषण हमला गर्दै आएका छन् । दुश्मनहरुले आन्तरिक रुपमा पनि माक्र्सवादमाथि हमला बोले र त्यसैक्रममा माक्र्सवादको आन्तरिक दुश्मनका रुपमा संशोधनवाद जन्मियो । माक्र्सवाद आन्तरिक र बाह्य दुबै प्रकारका दुश्मनका विरुद्ध संघर्ष गर्दै अगाडि बढ्यो र त्यो माक्र्सवाद ( लेनिनवाद ( माओवादका रुपमा विकसित हुन पुग्यो ।

माक्र्सवाद मानवीय श्रमशक्ति , प्रकृति विज्ञान र वर्गसंघर्षको धर्तीमा खडा थियो र त्यसलाई हल्लाउने ताकत कसैमा थिएन । त्यसैले त्यो विश्व सर्वहारावर्ग र उत्पीडित मानव जातिको मुक्तिको अपराजेय सैध्दान्तिक हतियार बन्न पुग्यो ।

उत्पादनका निम्ति संघर्ष , वर्गसंघर्ष तथा नयाँ वैज्ञानिक आविष्कार एवम् प्राविधिक क्षेत्रमा भएका प्रगति र विश्वका विभिन्न देशहरूमा हुँदै आएका क्रान्ति तथा प्रतिक्रान्तिका परिघटनाका सन्दर्भमाथि ध्यान दिंदा आज माक्र्सवादका सामु गंभीर प्रकृतिका चुनौतीहरु थपिन पुगेका छन् । तर त्यस प्रकारका चुनौतीहरुको सामना गर्दै क्रान्तिको धरातलीय यथार्थ तथा ऐतिहासिक आवश्यकताका बीचबाट नयाँ संभावनाका ढोकाहरु खोल्ने सामर्थ्य माक्र्सवादमा नै सन्निहित छ । किनभने माक्र्सवाद सामाजिक रुपान्तरण र क्रान्तिको ऐतिहासिक विज्ञान हो ।

माक्र्सद्वारा ऐतिहासिक भौतिकवाद र अतिरिक्त मूल्यको सिध्दान्तको आविष्कारको परिणामस्वरूप वैज्ञानिक समाजवादको जन्म भएकोले माक्र्सवाद वैज्ञानिक समाजवाद , वर्ग , वर्गसंघर्ष , सामाजिक क्रान्तिमा बल प्रयोगको भूमिका , सर्वहारावर्गको अधिनायकत्व र साम्यवादको सैध्दान्तिक मान्यतामा आधारित छ ।

माक्र्सवादका प्रतिपादक कार्ल माक्र्सको १०४ जन्म जयन्तीको यस ऐतिहासिक दिनमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले माक्र्सवाद ऐतिहासिक आवश्यकता अनुसार विश्वसर्वहारा वर्ग र सिंगो मानव जातिकै मुक्तिको लागि जन्मिएकोले माक्रवादको आौचित्य र सान्दर्भिकता अहिले पनि उत्तिकै छ भन्ने कुरामा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र प्रतिबध्दता जाहेर गर्न चाहन्छ र यसको आौचित्य तथा सान्दर्भिकताका बारेमा लेखन , बोल्न , प्रचारप्रसार गर्न र लागू गर्न समेत दृढ रहेको प्रतिबध्दता समेत जाहेर गर्न चाहन्छ । र, आजको साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगमा विश्व सर्वहारा क्रान्तिको विजयले मात्र माक्र्सवादको आौचित्य र सान्दर्भिकता साकार हुने विश्वास व्यक्त गर्दछ । धन्यवाद ।

क्रान्तिकारी अभिवादन सहित ।

मिति : ५ मई २०२१

(हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं , नेपाल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार