गण्डकी प्रदेश सांसद कृष्ण थापाले पार्टीको निर्देशन मानेनन्, अब के गर्नु हुन्छ ?
सांसद बनाउने पार्टीले भनेको नमाने के गर्छरु तपाईंलाई अलिअलि थाहा छैन, त्यो कुरारु जानि बुझिकन सोध्नुहुन्छ?
पार्टीले गरिहाल्छ। सबैले जानेको कुरा हो, यसमा प्रश्न गर्नै परेन नि। पार्टीले सांसद बनाउँछ। पार्टीको निर्देशन नमान्ने, पार्टी छाडेर बिक्री भएर जानेलाई पार्टीले छाड्छ त्यसै?’
पार्टीले जिल्लाको कुरा बुझेन भन्ने उहाँहरुको गुनासो छ नि ?
ए..ए.. त्यसो पो हो त’ हामीभन्दा उनी धेरै जानकार रहेछन् थाहा भयो (व्यङ्ग्यात्मक हाँसो)। ५१ सालदेखि राष्ट्रिय जनमोर्चाले संसदमा भाग लियो। कुनैपनि सांसदले अहिलेजस्तो नालायक चरित्र देखाएकै थिएनन्।
यिनीहरुको हविगत थाहा भयो। यी बिक्री भए। निहुँ पारेका छन्, तलतल जिल्लामा, गाउँमा जनताले मानेका छैनन् रे ।
त्यस्तो कुरा पनि हुन्छरु पार्टीले सांसद बनाउँछ, नेता बनाउँछ। पार्टीले भनेको नमान्नेलाई त पार्टीले जे गर्ने हो गरिहाल्छ नि।
संसारभर कारबाही नै गरिन्छ, यहाँ मात्रै हैन।
तपाईंले गर्ने कारबाहीले संसदको अंकगणितमा फरक पर्छ, कारबाही कहिले हुन्छ ?
कारबाहीको पनि प्रक्रिया हुन्छ नि। जिम्बालले पूर्जी काटेजस्तो त हैन नि। झगडियाको पूर्जी हैन नि। यसको प्रक्रिया होला। स्पष्टीकरणको प्रक्रिया होला।
पार्टीको सम्बन्धित निकायको बैठक बस्नुपर्ने होला। राणा शासन त हैन नि।
उहाँहरुले निहुँ निकालेर गलत नै गर्नुभएको हो त ?
तपाईँहरुलाई सोध्छु- पार्टीले सांसद बनाउँछ, नेता बनाउँछ, पार्टीले भनेको नमानेपछि।।। हुन त यो जनमोर्चाको मात्रै रोग हैन।
नेपालभरका पार्टी हेर्नुहोस् न, यो पतन हो, यो राष्ट्रको कलंक हो नि।
यो प्रधानमन्त्रीको हेर्नुहोस्, मुख्यमन्त्रीहरुको हेर्नुहोस्। सबै पार्टीको हालत के छ?
अन्य पार्टीमा भएको रोग यता (जनमोर्चा) पनि सर्यो। बनाउने बेला पार्टीले बनाउनुपर्ने? बनेपछि खरिद बिक्री भएर हिँड्ने भएपछि के गर्नुहुन्छ?
नेपालखबर अनलाइनलाई चित्रबहादुर केसीले दिएको अन्तर्वार्ताको सानो अंश ।








