चीनको चर्चित अखबार साउथ चाइना मर्निङ पोष्टले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत पक्षधर रहेको उल्लेख गरेको छ।

उक्त अखबारको अनलाइन संस्करण एससीएमपी डटकममा राजनीतिक जिवन बचाउन संघर्षरत प्रधानमन्त्री ओली अझैपनि भारतबाट अक्सिजनलगायत मेडिकल सामग्री आउने आशामा रहेको  उल्लेख छ। भारतले गर्न सक्ने कुनैपनि किसिमको मेडिकल सहयोगले दुई देशबीच यसअघि बिग्रिएको सम्बन्ध सुधार गर्न सक्ने लेखिएको छ। यसबाट ओली नेतृत्वको सरकारलाई चीनको विश्वास नरहेको बुझिने अन्तर्राष्ट्रिय मामिला जानकारहरु बताउँछन्।

नेपालले अक्सिजनका लागि भर परेको भारत आफै संकटमा परेको, उसले खोपसमेत दिन रोकेको अवस्था रहेको भन्दै नेपाल्स इन्स्टिच्युट फर इन्टेग्रेटेड डेभलपमेन्ट स्टडिजका रिसर्चर समर समशेर जबरालाई उदृत गरिएको छ,’भारतले मेडिकल सहायता दिन नसकेपछि देखिएको रिक्ततामा चीनको उपस्थिती अत्यावश्यक देखिन्छ।’

स्वास्थ्य मन्त्रालयका डा. समिरमणि अधिकारीले भारतबाट दैनिक २/३ ट्यांकर र ९०० सिलिण्डर अक्सिजन आइरहेपनि त्यसले नेपालको अभावलाई कहीँ कतै टार्न नसक्ने बताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार