संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद निर्माण गर्न जनमतसंग्रहको निर्वाचनमा लाग्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अपिल गरेका छन् ।

केपी ओलीले दुई पटक संसद विघटन गरेपछि नेकपा महासचिव विप्लवले नेपालमा संसदीय व्यवस्था पूर्णतः असफल भएको भन्दै वैज्ञानिक समाजवाद निर्माणका लागि यस्तो अपिल गरेका हुन् ।

शान्ति र समृद्धिको नाममा संसदीय निर्वाचनबाट दुई तिहाईको नाममा बनेको सरकारले पनि देश र जनताका लागि कुनै पनि काम नगरेको महासचिव विप्लवको दाबी छ ।

महासचिव विप्लवले संसदीय निर्वाचन होइन जनमत संग्रहको निर्वाचन आजको अपरिहार्य विकल्प रहेको दाबी गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार