
संसद विघटन बदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले आज (सोमबार) सर्वाेच्च अदालतमा रिट हालेका छन् ।
हिजै रिट पेश गर्ने भनिए पनि सांसदहरुको हस्ताक्षर संकलन लगायतका तयारी नपुगेका कारण आज मात्रै विपक्षी सर्वोच्च अदालत गएका हुन्।
विपक्षी गठबन्धनका १४९ जना सांसदहरुको हस्ताक्षरित छ। याे संख्या बढ्न सक्ने गठबन्धनका नेताहरुकाे दाबी छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका सबै सांसदहरु भौतिक रुपमा नै अदालतमा उपस्थित भएर रिट हालेको बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा र जनमाेर्चासहित अन्य दलका सांसदहरुको हस्ताक्षर संकलन छ।







