
राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहपछि चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ ।
नेपालका लागि चिनियाँ राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षीबीचको टेलिफोन संवादपछि चीनले १० लाख डोज खोप उलब्ध गराउन लागेको जानकारी गराएकी छन् ।
दुई राष्ट्रपतिबीच आज ४० मिनेट वार्ता भएको थियो ।
दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् ।
यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।







