
१४औं गणतन्त्र दिवसमा नेकपा एमालेका नेता वामदेव गौतमले इतिहासका महत्वपूर्ण विषयहरुको खुलासा गरेका छन् । उनले २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने नेताहरुमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड भनी उल्लेख गरेका छन् ।
गौतम निकट स्रोतका अनुसार गणतन्त्रको प्रस्तावको विरोध गर्नेहरुमा नेताहरु केपी शर्मा ओली, प्रदीप नेपाल र मुकुन्द न्यौपाने थिए । उनीहरुले गौतमको गणतन्त्रको प्रस्तावको ठाडै विरोध गरेका थिए । त्यतिबेला गणतन्त्रको प्रस्तावको विरोध गर्ने ओली हाल देशका प्रधानमन्त्री तथा एमालेका अध्यक्ष छन् । प्रदीप नेपाल राजनीतिमा निष्कृय जस्तै छन् । मुकुन्द न्यौपाने माधवकुमार नेपालनिकट छन् ।
यसैगरी, गणतन्त्रमा जानुपर्छ भनेर बोल्दा गौतममाथि पार्टीमा कारबाही समेत भएको थियो । उनलाई कारबाहीका लागि प्रस्ताव तत्कालीन नेकपा स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले लगेका थिए ।







