संसद् विघटनपछि  सरकारले आज आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गरेको छ ।

कोरोना महामारीबीच ल्याइएको बजेट करिब १६ खर्ब हाराहारी छ ।

आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ ।

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए ।

सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । कृषि प्रधान देशका जनताले आशा गरेअनुसार कृषिमा भनेअनुसार बजेट आउन सकेन ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोज गरेको छ ।

सरकारले कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार