
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर सत्ता सहकार्यको प्रस्ताव राखेका छन् ।
निवर्तमान सहरीविकास राज्यमन्त्री रामवीर मानन्धरले माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीसँग भेटेर सरकारमा सहभागी हुनको लागि प्रस्ताव राखेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । अहिले प्रधानमन्त्री ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच पानी बाराबारको सम्बन्ध छ ।
एमाले नेता मानन्धरका अनुसार श्रेष्ठले प्रधानमन्त्री ओलीसँगको भेटमा आफूहरु सरकारमा सहभागी हुन तयार रहेको बताएका थिए । र, अध्यक्ष प्रचण्डलाई आफूले मनाउनेपनि जिम्मा लिएका छन् । उनले अहिले प्रधानमन्त्रीले आँफै राखेका मन्त्रालयमा माओवादी केन्द्रका नेताहरु मन्त्री बन्नसक्ने सुनाए । श्रेष्ठले प्रतिनिधिसभा पूनःस्थापना भएपनि साथ दिने र पूनःस्थापना नभए चुनावी सरकारमा निरन्तर रहने प्रस्ताव ओलीसामू राखेका छन् ।
रिपोर्टर्स क्लब अनलाइनबाट







