पृथ्वी दिवसमा जलवायु विषयक नेताहरूको शिखर सम्मेलनमा तपाईँहरू सहभागी हुनु अधिक खुसीको कुरा हो । मौसम परिवर्तनको बारेमा तपार्इँहरूसँग गहिराइमा विचार आदानप्रदान गर्न र यस चुनौतीलाई परास्त गरी मानिस र प्रकृतिसँगै मिलेर अगाडि बढ्ने उपायहरूको बारेमा छलफल गर्ने अवसर पाउनु राम्रो कुरा हो ।
औद्योगिक सभ्यताको समयदेखि नै मानव जातिले विशाल भौतिक सम्पत्तिहरू सिर्जना गरेको छ । यद्यपि, यो प्राकृतिक स्रोतहरूको अधिक शोषणको लागतमा आएको हो, जसले पृथ्वीको पारिस्थितिक प्रणालीको सन्तुलन बिगा¥यो र मानव–प्रकृति सम्बन्धमा बढ्दो तनाव निम्त्यायो । हालैका वर्षहरूमा, जलवायु परिवर्तन, जैविक विविधतामा नोक्सान, बढ्दो मरूभूमीकरण र बारम्बार हुने चरम मौसमी घटनाहरूबाट सबैले मानव अस्तित्व र विकासमा गम्भीर चुनौती खडा गरेका छन् । हाल भइरहेको कोभिड–१९ महामारीले देशभर आर्थिक र सामाजिक कठिनाइ थपियो । विश्वव्यापी वातावरणीय प्रशासनमा अभूतपूर्व चुनौतीहरूको सामना गर्नुपर्दा, अन्तर्राष्ट्रिय समुदायले अभूतपूर्व महत्वाकाङ्क्षा र कार्यमा साथ दिनु आवश्यक छ । हामीले एकताको भावनाका साथ जिम्मेवारीपूर्वक काम गर्नु आवश्यक छ । मानिस र प्रकृतिको सामुदायिक जीवन अगाडि बढाउनको लागि सँगै काम गर्नुपर्दछ । मानिस र प्रकृतिबीच तालमेल राख्नमा प्रतिबद्ध हुनुपर्दछ । “सबै चीजहरू एकआपसमा मिलेर बस्दछन् र प्रकृतिको पोषणबाट लाभान्वित हुन्छन् ।” ‘प्रकृति माता’ मानिससहित सबै जीवित प्राणीहरूको जन्मथलो हो । यसले मानव जाति बाँच्न र फस्टाउन सम्पूर्ण आवश्यकता प्रदान गर्दछ । ‘प्रकृति माता’ले हामीलाई पोषित गरेको छ र हामीले प्रकृतिलाई हाम्रो मूलको रूपमा व्यवहार गर्नुपर्दछ, यसलाई सम्मान गर्न, यसलाई सुरक्षित राख्न र यसका कानुनहरू पालना गर्नुपर्छ । प्रकृतिलाई क्रमबद्ध रूपमा बिगारेकोले मानवको अस्तित्व र विकासलाई आधारशिलाबाट टाढा लैजान्छ र हामी मानिस मुहानबिनाको नदी र जराबिनाको रूखजस्तै छोडिने छौँ । हामीले प्रकृतिको रक्षा र वातावरण संरक्षण गर्नुपर्दछ । जस्तो कि हामीले हाम्रो आँखा सुरक्षित राख्छौँ, नयाँ सम्बन्ध विकास गर्ने प्रयत्न गर्नुपर्दछ जहाँमानिस र प्रकृति दुवै समृद्धि र समन्वयमा बस्न सक्छन् ।
हामीले हरित विकासमा प्रतिबद्ध हुनुपर्छ । हरिया पर्वतहरू सुनका पहाडहरू हुन् । वातावरणको रक्षा गर्नु भनेको उर्वरताको रक्षा गर्नु हो । वातावरण सुधार गर्नु भनेको उत्पादकत्व वृद्धि गर्नु हो – सत्य त्यत्तिकै सरल छ । हामीले वातावरणलाई हानि पु¥याउने वा कमजोर पार्ने विकासका नमुनाहरू त्याग्नुपर्छ । छोटो अवधिको विकासको लाभको लागि वातावरणीय लागतलाई पछाडि लग्ने अदूरदर्शी दृष्टिकोण हामीले आत्मसात गर्नुहुँदैन । यसको विपरीत, हामी प्राविधिक क्रान्ति र औद्योगिक रूपान्तरणको प्रवृत्तिमा चल्नुपर्छ, हरित परिवर्तनको ठुलो अवसर लिनुपर्छ । नयाँ परिवर्तनको शक्तिले हामीलाई हाम्रो आर्थिक, ऊर्जा र औद्योगिक संरचनाहरूको स्तरोन्नति गर्न उत्साहित पार्छ । विश्वभर स्वस्थ वातावरणको सुनिश्चितता गर्नु दिगो आर्थिक र सामाजिक विकासमा बढावा दिनु हो ।
हामी व्यवस्थित सुशासनमा प्रतिबद्ध हुनुपर्छ । हिमाल, नदी, वनजङ्गलका साथै खेत, ताल, घाँसे मैदान र मरूभूमि सबै पारिस्थितिक प्रणालीका अविभाज्य भागहरू हुन् । पारिस्थितिक प्रणालीको सुरक्षाको लागि सरलीकृत दृष्टिकोण बढी आवश्यक पर्दछ । हामीले पारिस्थितिक प्रणालीको उत्पत्तिदेखिका कानुनहरू पालना गर्नुपर्दछ र प्रकृतिका सबै तत्व तथा पक्षहरूलाई ठीकसँग सन्तुलन गर्नु आवश्यक छ । यो त्यस्तो एक तरिका हो, जहाँ हामी लिन चाहन्छौँ, पारिस्थितिक प्रणाली स्वस्थ सञ्चार र समग्र सन्तुलनमा हुन्छ ।
हामी एक जनकेन्द्रित दृष्टिकोणमा प्रतिबद्ध हुनुपर्दछ । वातावरणीय चासोले सबै देशका मानिसको कल्याण गर्दछ । मानिसको आकाङ्क्षा पूरा गर्दै राम्रो जीवन र राम्रो वातावरणको साथै भावी पुस्ताको लागि हामी जिम्मेवार हुनुपर्छ । हामीले वातावरण संरक्षण, अर्थतन्त्रमा वृद्धि, रोजगारी सिर्जना गर्ने र गरिबी हटाउने उपायहरू एकैसाथ खोज्नु जरूरी छ, ता कि हरित सङ्क्रमणको क्रममा सामाजिक समानता र न्याय प्रदान गर्न र मानिसमा फाइदा, खुसी तथा सुरक्षाको भावना जगाउन सकियोस् ।
हामी बहुपक्षीयतामा प्रतिबद्ध हुनुपर्छ । हामीले अन्तर्राष्ट्रिय कानुनको आधारमा काम गर्नुपर्छ, समानता र न्यायको सिद्धान्तअनुसरण गर्नुपर्छ, प्रभावकारी कार्यहरूमा ध्यान केन्द्रित गर्नुपर्छ । हामीले सयुक्त राष्ट्र सङ्घकेन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको समर्थन गर्नुपर्छ, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ढाँचा (यूएनएफसीसीसी) र पेरिस सम्झौतामा राखिएका उद्देश्य र सिद्धान्तहरू पालना गनुपर्दछ । दिगो विकासको लागि २०३० एजेन्डा लागु गर्न प्रयत्न गर्नुपर्छ । हामी सबैले कडा कार्यहरू गर्नुपर्दछ, साझेदारी र सहयोगलाई सुदृढ पार्नुपर्छ, एक अर्काबाट सिक्नुपर्छ र विश्वभर कार्बन तटस्थता कायम गर्ने साझा प्रगतिका लागि नयाँ यात्रा तय गर्नुपर्छ । यस प्रक्रियामा हामीले आफ्ना हातहरू मिलाउनैपर्छ, एक अर्कामा औँला उठाउनु हुँदैन, हामीले निरन्तरता कायम गर्नुपर्छ, गतिपथबाट सजिलै पछाडि हट्नुहुन्न । हामीले प्रतिबद्धताको सम्मान गर्नुपर्दछ, वाचाहरूबाट पछि हट्नु हुँदैन ।
चीनले संयुक्त राज्य अमेरिकाको बहुपक्षीय जलवायु सुशासन प्रक्रियामा फर्किने निर्णयको स्वागत गर्दछ । धेरै समय नबित्दै चिनियाँ र अमेरिकी पक्षले जलवायु सङ्कटलाई सम्बोधन गर्दै संयुक्त विज्ञप्ति जारी गरे । चीन संयुक्त राज्य अमेरिकालगायतका अन्तर्राष्ट्रिय समुदायसँग संयुक्तरूपमा विश्वव्यापी वातावरणीय सुशासनलाई अगाडि बढाउन काम गर्र्न चाहन्छ ।
हामी साझा सिद्धान्त तर अलग जिम्मेवारीप्रति प्रतिबद्ध हुनुपर्छ । यो विश्वव्यापी जलवायु सुशासनको आधारशिला हो । अहिले विकासोन्मुख देशहरूले कोभिड–१९ लाई परास्त गर्न, अर्थतन्त्र वृद्धि गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न धेरै चुनौतीहरू सामना गरिरहेका छन् । विकासोन्मुख देशहरूले जलवायुमा गरेको योगदानलाई हामीले पूर्ण मान्यता दिन र तिनीहरूको विशेष कठिनाइ र चासोलाई समायोजन गर्नुपर्छ । विकसित देशहरूले जलवायु महत्वाकाङ्क्षा र कार्यमा जोड दिनु आवश्यक छ । उनीहरूले विकासोन्मुख देशहरूलाई जलवायु परिवर्तनको विरूद्ध क्षमता र आत्मबल सुदृढ पार्न सहयोग गर्नुपर्छ । वित्त पोषण, प्रविधि, क्षमता निर्माणमा सहयोग गर्नुपर्छ । हरित व्यापारमा अवरोध हुनबाट रोक्नुपर्छ, ता कि विकासोन्मुख देशहरूलाई हरित सङ्क्रमण छिटो बनाउन र कम कार्बन उत्सर्जनमा मद्दत पुगोस् ।
चिनियाँ सभ्यताले मानिस र प्रकृतिको बीचमा सद्भावका साथै प्रकृतिको नियमको पालनालाई सधैँ मूल्यवान ठान्दछ । हाम्रो निरन्तर खोजी भएको छ कि मानिस र प्रकृति एक अर्कासँग मिलेर बस्न सक्दछन् । पर्यावरणीय प्रगति र संरक्षण चिनियाँ संविधानमा लेखिएको छ । चीनको समग्र योजनामा चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा समाहित गरिएको छ । चीनले पर्यावरणीय सभ्यताको सोचलाई अनुशरण गर्नेछ र नयाँ विकास दर्शनलाई लागु गर्नेछ । हरित र कम कार्बन ऊर्जाको विकासमा हामी विशेष जोड दिँदै सबै पक्षमा हरित आर्थिक र सामाजिक विकास हासिल गर्ने लक्ष्य राख्नेछौँ । हामी पर्यावरणीय संरक्षणमा प्राथमिकता जारी राख्नेछौँ र हरियो र कम कार्बन विकासको बाटोमा लाग्नेछौँ ।
गत वर्ष मैले आधिकारिक घोषणा गरेँ कि चीन २०३० भन्दा अगाडि कार्वन डाइअक्साइड उत्सर्जनलाई उकास्न र २०६० भन्दा अगाडि कार्वन तटस्थता प्राप्त गर्न प्रयत्न गर्नेछ । यो प्रमुख रणनीतिक निर्णय भविष्यमा समुदाय निर्माणमा हाम्रो साझा उत्तरदायित्वको भावनाको आधारमा र दिगो विकास सुरक्षित गर्न हाम्रो आफ्नै आवश्यकताको लागि हो । चीनले धेरै विकसित देशहरूले लिनसक्ने भन्दा छोटो अवधिमा कार्वन शिखरबाट कार्वन तटस्थतामा झर्न प्रतिबद्धता व्यक्त गरेको छ र जसको लागि चीनको असाधारण कडा परिश्रम आवश्यकता पर्दछ । कार्वन शिखर र कार्वन तटस्थताका लक्ष्यहरू पर्यावरण संरक्षणको चीनको समग्र योजनामा थपिएको छ । हामी अब एक कार्य योजना बनाइरहेका छौँ । कार्वन शिखरतर्फ पहिले नै राष्ट्रव्यापी कडा कार्यहरू गरिरहेका छौँ । अग्रगामी इलाका क्षेत्र र कम्पनीहरूलाई सहायता दिइँदै छ । चीनले कोइलाबाट सञ्चालित बिजुली उत्पादन आयोजनाहरूलाई कडाइका साथ नियन्त्रण गर्नेछ । १४ औँ पञ्चवर्षीय योजना अवधिमा कोइला खपतमा वृद्धिलाई कडाइका साथ सीमित गर्नेछ र १५ औँ पञ्चवर्षीय योजना अवधिको चरणमा यसलाई तल झार्नेछ । यसबाहेक, चीनले मोन्ट्रियल प्रोटोकलको किगाली संशोधन स्वीकार्ने र कार्वन डाइअक्साइड उत्सर्जनसम्बन्धी नियमहरू कडा पार्ने निर्णय गरेको छ । चीनको राष्ट्रिय कार्वन बजार व्यापार पनि सुरू गर्नेछ ।
चीन विश्वव्यापी वातावरणीय संरक्षणको एक सहभागीे, योगदानकर्ता र अगुवाको रूपमा बहुपक्षीयतालाई कार्यमा ल्याउन र सबैको जितको लागि विश्वव्यापी वातावरणीय सुशासनको निष्पक्ष र न्यायसङ्गत प्रणालीको प्रवद्र्धन गर्न दृढ प्रतिबद्धता व्यक्त गर्दछ । चीनले यस अक्टोबरमा जैविक विविधता सम्मेलनको लागि सीओपी १५ आयोजक आयोजना गर्नेछ । जैविक विविधतामा विश्वव्यापी सुशासनको वृद्धि गर्न चीनले सबै दलसँग मिलेर काम गर्ने आशा राखेको छ । हामी सीओपी २६ लाई सकारात्मक नतिजा प्राप्त गर्न ग्ल्ँऋऋऋ लाई समर्थन गर्दछौँ । हामी चीनमा अक्सर भन्छौँ, “मानिसहरूलाई माछा दिनुभन्दा माछा कसरी मार्ने भनेर देखाउनु महत्वपूर्ण छ ।” चीनले विकासोन्मुख देशहरूलाई जलवायु परिवर्तनको विरूद्ध क्षमता निर्माण गर्न सहयोग पु¥याएको छ । अफ्रिकामा मौसम अनुगमनको लागि रिमोट सेन्सिङ सेटेलाइटदेखि लिएर दक्षिणपूर्व एसियामा कम कार्वन प्रदर्शन क्षेत्र र साना टापुका देशहरूमा ऊर्जा–दक्ष प्रकाशसम्मको सहयोगले वास्तविक, मूर्त र ठोस परिणाम ल्याएको छ । चीनले पनि पर्यावरणीय सहयोगलाई बेल्ट र सडक सहयोगको एक महत्वपूर्ण हिस्सा बनाएको छ । हरियाली पूर्वाधार, हरित ऊर्जा, हरित यातायात र हरित वित्तको व्यापक प्रयासलाई समेट्दै थुपै्र हरित कार्यका पहलहरू सुरू गरिएको छ, जसले गर्दा बेल्ट र सडक साझेदार देशका जनतालाई स्थायी लाभ पुग्न सक्छ ।
हामी चीनमा भन्छौँ, “जब व्यक्तिहरू सबै मिलेर तान्छौँ कुनै पनि वस्तुलाई उठाउन गा¥हो हुदैन ।” जलवायु परिवर्तनले हामी सबैलाई थिचोमिचो, भयङ्कर र दीर्घकालीन चुनौतीहरू खडा गरेको छ । यद्यपि, म विश्वस्त छु कि जबसम्म हामी हाम्रा उद्देश्य र प्रयासहरूमा एकजुट हुन्छौँ । तबसम्म एकता र आपसी सहयोगको साथ कार्य गर्दछौँ । हामी विश्वव्यापी जलवायु र वातावरणीय चुनौतीहरूभन्दा माथि उक्लनेछौँ । स्वच्छ र सुन्दर संसारलाई भावी पुस्ताहरूमा छोड्नेछौँ ।
नेपाली अनुवादः समिप,

२२ अप्रिल २०२१ मा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी विश्वका विभिन्न देशका नेताहरूको शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले दिनुभएको मन्तव्यको नेपाली अनुवाद–सम्पादक)

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार