
हामी प्रजातन्त्रवादी, हामी संसदवादी, हामीले संवैधानिक राजतन्त्र किन छाड्यौँ त्यो पनि भन्छन् ।
त्यो एउटा लक्ष्मणरेखाबाट उम्किनै सक्दैनन् । व्यक्तिगतरुपमा एकदम राम्रा छन् उत्तर पनि खोज्छन् । तर समूहमा हुँदा कुन गुटमा लाग्ने हो लागिहाल्छन् ।
उठेको सवालको पनि तहमा जाँदैनन् । कुनै पनि विषयमा छलफल हुँदैन ।
नागरिकताजस्तो ठूलो विवाद आयो । त्यसमा कांग्रेसभित्र के छलफल भयो ? दुईघण्टामा छलफल सिध्याइदिन्छन् ।
चुच्चे नक्साको बारेमा कांग्रेसको कुन निर्णय देशलाई भलो हुनेगरी आयो ? ओलीले गरे, कांग्रेसले मान्यो । ओलीले लत्याए, हामीले पनि लत्यायौँ । यसमा हाम्रो स्वतन्त्र अडान के हो त ? युवा नेताको धारणा चाहिँदैन ? त्यो हाम्रो विदेश नीति र भौगोलिक अवस्थाको बारेमा महत्वपूर्ण निर्णय हो । पार्टीमा छलफल खोइ ? युवा नेताले पनि आफ्नो विवेकलाई बन्धक बनाइदिएका छन् । गुटको इन्ट्रेस्टभन्दा माथि उठ्नै सकेनन् ।
गुटमा भाग पाइन्छ । कति प्रतिशत भाग पाइन्छ भन्ने छ । ६० प्रतिशत शेरबहादुर देउवा र ४० प्रतिशत रामचन्द्र पौडेल भए पुग्यो ।
अब कांग्रेसबाट आशा छैन तर ‘डेमोक्रेटिक क्याम्प’बाट चाहिँ छ ।
कांग्रेसका नेता प्रदीप गिरिसँग बाह्रखरी अनलाइनले गरेको कुराकानीको सानो अंश ।







