
केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य छौैँ ।राजनीतिक र वैचारिक रुपले प्रतिबद्ध छौँ ।
सर्वोच्च अदालतको निर्णय भनेको कानुनी निर्णय हो । कानुनी निर्णयका पछाडि कोही दौडिन्छन्, हाम फाल्छन्, त्यसलाई प्रधानता बनाउछन् भन्ने चाहिँ मार्क्सवादीहरुले सोच्दैनन् भन्ने हाम्रो विश्लेषण हो । कुनै कानुनी मार्क्सवादीले त्यसरी सोच्छन् भने हाम्रो चिन्ताको विषय होइन । हामी बृहत्तर कम्युनिष्ट आन्दोलनको ध्रुवीकरणको पक्षमा छौँ । विप्लव, वैद्यजीलाई पनि यहीँ ल्याउनुपर्छ ।
माओवादी धारसहित सम्पूर्ण वामपन्थीहरुलाई एकताबद्ध बनाएर संसद्भित्र बहुमत कायम गर्न सक्छौँ र जनतामा पनि प्रभाव पार्न सक्छौँ ।
साथै आगामी निर्वाचनमा फेरि वामपन्थीहरुको सरकार बन्न सक्छ ।
त्यताबाट हामीले सोच्नुपर्छ । सर्वोच्चको निर्णयलाई नै प्रधानता बनाएर हिँड्ने दृष्टिकोण गैर मार्क्सवादी हो ।
पार्टीको सिद्धान्तका विषयमा पूर्वमाओवादीबाट आएका नेताहरुको असहमति रहेको कुरा पनि आइरहेको छ । खास के हो ?
अहिले सिद्धान्त राजनीतिको बारेमा बहस हैन । सिद्धान्त मान्ने–नमान्ने भनेर सर्वोच्च अदालतको निर्णय वरिपरि कम्युनिष्ट आन्दोलन र पार्टीहरु घुमिरहेका छन् । त्यो आफैँमा बिडम्बना हो ।
नेपालको कम्युनिष्ट आन्दोलनको दिशा र हामी सबैको सहमति जनताको जनवाद र नेकपा निर्माणको दिशामा कम्युनिस्ट आन्दोलन अघि बढेको हो ।
त्यही दिशाबाट मात्र समाजवादमा पुग्न सकिन्छ भन्ने चाहिँ दृष्टिकोणको आधार हो ।
हामी त्यो विचारमा छौँ । राजनीतिक रुपमा कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेको सदस्य र त्यसले अंगीकार गरेका विचारहरु, नीति कार्यक्रमलाई सहयोग गरिरहेकै छौँ ।
बृहत्तर कम्युनिष्ट आन्दोलनको छलफल गर्ने स्थितिमा कम्युनिष्ट आन्दोलन आएको छ ।
रिपोर्टर्स क्लब अनलाइनले एमाले नेता मणी थापासँग गरेको कुराकानीको सानो अंश ।







